केन्द्रिय योजनाहरूको लाभदेखि वञ्चितहरूलाई राज्यपालले आश्वस्त

00-1-Rajya-Samachar-1

कोलकाताः राज्यपाल डा. सीवी आनन्द बोस सय दिवसीय रोजगार योजना (मनरेगा) र आवास योजनाका वञ्चितहरूलाई आश्वस्त गर्दै उनले वञ्चितहरूलाई चिन्हित गरी उनीहरूलाई योजनाको लाभ दिलाउनका लागि सबै पक्षहरूसित चर्चा गर्ने भनेका छन्।

उनले आइतवार उत्तर बंगाल भ्रमण गरेर कोलकाता फर्किनअघि यी कुरा भनेका हुन्। पत्रकारहरूको प्रश्नको जवाफमा उनले भने, म वञ्चितहरूसित कुरा गर्नेछु। म सीधा उनीहरूको शिकायत सुन्नेछु। त्यसपछि म न केवल केन्द्र तर यस मामिलासित सम्बन्धित सबै पक्षहरूसित कुरा गर्नेछु। स्वाभाविक रूपमा सीवी आनन्दको बोसको यस टिप्पणीलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिन्दैछ। उल्लेख्य, शनिवार तृणमूल प्रतिनिधिमण्लको राज्यपालसित भेट भएको थियो। यसपछि राज्यपाल आइतवार कोलकाता फर्किरहेका छन्।

प्रशासन सूत्रहरू अनुसार, राज्यपाल टिस्टा बजारबाट सीधा बागडोगरा एय़रपोर्ट जानेछन्। त्यहाँबाट कोलकाता फर्किनेछन्। यद्यपि, कोलकातामा राजभवन बाहिर धरना दिइऱहेका तृणमूल सांसद अभिषेक ब्यानर्जीसित भेट्नेछन् वा छैनन् यसलाई लिएर अन्योलताको स्थिति बनेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement