प्रधानमन्त्रीले एशियाली खेलमा सर्वश्रेष्ठ प्रदर्शनको प्रशंसा गरे

pm-modi_1696739951.jpeg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले एशियाली खेलमा १०७ पदकहरू सहित भारतको पछिल्लो ६० वर्षमा अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शनको लागि सराहना गरेका छन्। उनले खेलाड़ीहरूको अटुट दृढ़ संकल्प, निरन्तर

प्रधानमन्त्रीले एक्समा पोस्ट गरे, “एशियाली खेलहरूमा भारतको लागि यो एउटा ऐतिहासिक उपलब्धि हो। हाम्रा अविश्वसनीय खेलाड़ीहरूले अहिलेसम्मकै सर्वाधिक १०७ पदक हासिल गरेका छन् जुन पछिल्लो ६० वर्षमा अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन हो। यसबाट सारा देश अत्यन्त प्रसन्न भएको छ। हाम्रा खेलाड़ीहरूको अटुट संकल्प, अथक उत्साह एवं कड़ा परिश्रमले देशलाई गौरवान्वित तुल्याएको छ। उनीहरूको जितले हामीलाई स्मरण गर्ने क्षण दिएको छ, हामी सबैलाई प्रेरित गरेको छ र उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई पुष्टि गरेको छ।”

उल्लेखनीय छ, भारतले चीनको हाङ्गझुमा आयोजित एशियाली खेलमा अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन गरेको छ। भारतले आफ्नो अभियानमा कुल १०७ पदक क्रमैले २८ स्वर्ण, ३८ रजत र ४१ काँस्यको रेकर्ड सहित चौथो स्थान हासिल गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement