अलिपुरद्वारः सिक्किममा बुधवार बिहानै बादल फाट्दा टिस्टा नदीमा अचानक आएको बाढ़पछि हराएका १४२ जनाको खोज अहिलेपनि जारी छ। हराएका मानिसहरूमा जयगाउँ निवासी विकास छेत्री पनि छन्, जो गत छह दिनदेखि हराएका छन्। उनको परिवार चिन्तित छ। जयगाउँको खोकलाबस्तीको थापा टोल क्षेत्र निवासी विकास छेत्री मंगलवार सिलगढ़ीदेखि ट्रक लिएर सिक्किम गएका थिए। तबदेखि उनको अत्तोपत्तो छैन।
हराएका विकास छेत्रीकी पत्नी सीता छेत्रीले भनिन्, विकासले एक निजी कम्पनीको ट्रक कुदाउँछ। उनी गत मंगलवार सिलगढ़ीबाट ट्रक लिएर सिक्किम गएका थिए। त्यस रात उनी सिक्किममै थिए, जब अन्तिम पल्ट उनीसित मैले कुरा गरेको थिए। तबदेखि उनीसित सम्पर्क हुन सकेको छैन। विकासका मालिकले फोन गरी मलाई बताए कि बाढ़मा धेरै ट्रकहरू बगेका छन्। जसबाट परिवार अझ् चिन्तित भएको छ। परिवारले पश्चिम बंगाल सरकारसित मद्दतको गुहार लगाएको छ।