प्राकृतिक प्रकोपका पिढीतहरुलाई व्यवस्थापन गर्ने कार्य जीटीएले पहल गरिहेको छ: रतन थापा

IMG-20231008-WA0178.jpg

टिस्टा: यो प्राकृतिक प्रकोप हो जुन धेरै बिध्वंसी रहेको थियो। शुरुमा व्यवस्था मिलाउन धेरै कठिनाई परेको थियो तर अहिले विस्तारै व्यवस्थित बन्दै गएको छ। जीटीए चिफ् अनित थापाको अगुवाईमा हामीले सबै व्यवस्था मिलाउँदै गइरहेका छौं भनी जीटीएको कार्यकारी सभासद रतन थापाले बताएका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै सभासद रतन थापाले भने, सरकारले गर्ने कार्य विस्तारै गर्दै जान्छ। समय पनि लाग्छ तर अहिले तत्काल राहतको लागि व्यवस्थापनको लागि कार्य चलिरहेको छ। सबै प्रकारको व्यवस्था मिलाउने कार्य चलिरहेको छ। किनभने पिढीतहरूलाई सदैव राहत शिविरमा मात्र राख्न सकिन्दैन। यसको लागि हामीले जमीन खोजेर स्थायी रूपमा घर बनाएर व्यवस्थापन गर्ने कार्य गर्नेछौं। यसको लागि जीटीएले पहल गरिरहेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement