सिलगढी: रगतको अभावलाई हटाउन आइतबार सेन्ट्रल कालोनी यूएफए र लायन्स क्लब अफ न्यू जलपाइगढीद्वारा संयुक्त रूपमा रक्तदान शिविरको आयोजना गरियो। प्रमुख अतिथिका रुपमा एनजेपी पुलिस थानाका ओसी पार्थसारथी दासलाई आमन्त्रित गरिएको थियो। शिविरमा सहभागी भई उनले सबैसँग मिलेर रक्तदान गरेर रक्तदातालाई प्रोत्साहित गरे। यसबाहेक शिविरमा लेकटाउनकी पिङ्की कुमारी नामकी महिलाले पहिलो पटक रक्तदान गरेकी छन्। उक्त शिविरमा पुरुष र महिलाले गरी जम्मा ८० युनिट रगत निजी ब्लड बैंकमा पठाइएको थियो। शिविरमा लायन्स क्लब अफ जलपाइगढीका अध्यक्ष सुनील महन्ती, यूएफए क्लब सेक्रेटरी अनीस सरकार, अध्यक्ष विश्वजित कुण्डु उपस्थित थिए।