फालाकाटाको तासाटी चियाकमान इलाकामा खोरमा फँस्यो चितुवा

Capture1-12.png

अलिपुरद्वार: फालाकाटा ब्लकको तासाटी चियाकमान इलाकामा एउटा वयस्क चितुवा खोरमा फँसेको छ। गत अबेर राति अलिपुरद्वारको फालाकाटा ब्लकको तासाटी चियाकमानको घासी लाइन श्रमिक कोलनीमा वन विभागद्वारा थापेको खोरमा एउटा वयस्क चितुवा फँसेको छ। प्राप्त जानकारी अनुसार गत बिहीबार साँझ यस क्षेत्रका ११ वर्षीय नाबालकलाई घरको आँगनबाट चितुवाले तानेर लगेको थियो। पछि उक्त नाबालकलाई उद्धार गरेर वीरपाडा अस्पतालमा लगे तापनि त्यहाँ तिनको अवस्था अझ बेसी खराब भएपछि आशंकाजनक अवस्थामा उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल लैजाने क्रममा बाटोमै उक्त नाबालकको मृत्यु भएको बताइएको छ।यो घटनापछि स्थानीय मानिसहरूको माग अनुसार वन विभागको तर्फबाट तासाटी चियाकमानको घासी लाइनमा तीनवटा खोर थापेको थियो भने उक्त खोरमा एउटा वयस्क चितुवा फँसेको छ। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेपछि जलदापाडा वन विभागमा लगेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement