आपता प्रबन्धन विभागले मानिसहरूलाई प्राथमिक तहमा सहयोग उपलब्ध गराईरहेका छ: सभासद नवराज छेत्री

IMG-20231008-WA0172.jpg

खरसाङ: टिस्टा नदीले ल्याएको प्राकृतिक आपदामा जीटीएको आपदा प्रबन्धन विभागले लगातार रूपमा कार्य गरिरहेका छन्। यस क्रममा जीटीएको आपदा प्रबन्धन विभागको एमओडी सभासद एंव तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री पनि लागि परेका छन्। जीटीए प्रमुख अनित थापासितै आपदा प्रबन्धन विभागको कार्यकारी सभासद र एमओडी सभासद नवराज छेत्री पनि यो प्रकोपको समय मानिसहरूका साथमा रहेर कार्य गरिरहेका छन्।

विभागले ४ अक्टोबरदेखि प्रकोपमा परेका मानिसहरूलाई सहयोग गर्न तत्पर रहेका छन्। यसै क्रममा तीनधारे महानदी समष्टीको सभासद एंव आपदा प्रबन्धन विभागका एमओडी सभासद नवराज छेत्री पनि यो दु:खको घड़ीमा लागि परेका छन् विभिन्न पक्षबाट सहयोग गर्नलाई अनि विभिन्न तरिकाले प्रबन्धन गर्नलाई आफै लागि परेका छन्। यसै अवधि पत्रकारहरूसित कुराकानी गर्दै एमओडी सभासद नवराज छेत्रीले यो प्राकृतिक प्रकोपमा जीटीएको आपदा प्रबन्धन विभाग लागि परेको छ अनि प्राथमिक तहमा पुगेर कार्य गरिरहेको बताएका छन्। उनले मानिसहरूलाई प्राथमिक तहमा सहयोग उपलब्ध गराईरहेका छौं साथै विभागको तर्फबाट हर सम्भाव सर सामानहरू उपलब्ध गराईरहेका छौं भनी बताएका छन्।

सभासद नवराज छेत्रीले अघि भने, टिस्टा, मल्ली र रम्फु क्षेत्रमा आपदा प्रबन्धन विभागको पक्षबाट हर सम्भव सहयोग गरिरहेका छन्। जीटीए चिफ् अनित थापा, आपदा प्रबन्धन विभागको कार्यकारी सभासद सबै मिलेर कार्य गरिरहेको र विशेष गरेर सोमबारदेखि स्कूलहरू लाग्ने हुनाले त्यसको प्रबन्ध मिलाउनु पहिलो प्राथमिकताको साथमा काम गरिरहेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement