टिस्टा: प्राकृतिक आपदासित जुझ्न र पुनर्वासको लागि सांसद, तीनजना विधायकहरू, ४५ जना सभासदहरू, संघ संस्थाहरूका प्रतिनिधिहरू मिलाएर आपदा प्रबन्धन तदर्थ कमिटी गठन गरिनुपर्छ भनी गोर्खा सेवा सेनाका बिक्रमादि राईले बताएका छन्।टिस्टा नदीले गरेको विनासको निरीक्षण गर्न पुगेका राईले अघि भने, यहाँ आएर हेर्दा स्थिति गम्भीर छ। सोचेकोभन्दा ठूलो क्षति भएको छ। मानिसहरूले सबै गुमाएका छन्। मानिसहरू भयभीत छन्। पिढीतहरू निरास छन्। यसको लागि यहाँ राजनैतिक टिका टिप्पणी गर्ने ठाउँ होइन।’
उनले अझ भने, ‘मलाई लाग्छ सिक्किम सरकार आपदाको सामना गर्न सक्षम छ। उनीहरूसित केन्द्र सरकारको सहयोग छ। तर हामी यता सक्षम छैनौं। जीटीए आर्थिक रूपले पनि सक्षम छैन। किनभने जुन सरकारसित हामी निर्भर छौं त्यो सरकार पनि सक्षम छ कि छैन।
यसको क्षतिपूर्तिको लागि धेरै ठूलो व्यवस्थाको खाँचो छ। त्यसैले प्राकृतिक आपदासित जुझ्न र पुनर्वासको लागि सांसद, तीनजना विधायकहरू, ४५ जना सभासदहरू, संघ संस्थाहरूका प्रतिनिधिहरू मिलाएर आपदा प्रबन्धन तदर्थ कमिटी बनाएर सही रिपोर्ट बुझाएर प्रधानमन्त्री राहत कोषबाट राहत मांग्नुपर्छ।’
गोर्खा सेवा सेनाको बिक्रमादि राईले यो आपदाको समय झट्टै तीनवटा कुराहरू गर्न अवश्यक छ त्यसमा रिलिफ, ह्याबिविटेशन र रि कन्ट्रक्शन।’
यस प्रसंगमा गोर्खा सेवा सेनाले पनि राहतको लागि प्रधानमन्त्रीलाई पत्रचार गरेर राहतको आग्रह गरिने पनि बताएका छन्।