गान्तोक: नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक कर्मा भोटिया, एसएचओ नाम्ची आशिष भुजेल, श्रम विभागीय सहायक आयुक्त मोहन छेत्री र अन्यले एनएचपीसी टिस्टा ६ प्लान्टमा फसेका मजदुरहरूको जायजा लिँदै उद्धार अभियान चलाएका छन्। भर्खरै आएको बाढीले सडक संचार पूर्णरुपमा भत्किएकाले पोम्फोक जेएचएसदेखि थलथलेसम्मको पदयात्रा हुँदै टोली एनएचपीसी टिस्टा ६ स्थानमा पुगेको थियो। यहाँ विभिन्न राज्यका ५०० भन्दा बढी मजदुरहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर रम्फू ट्याक्सी स्ट्यान्डमा ल्याइएको थियो थियो जहाँबाट उनीहरू आ-आफ्नो घरतर्फ प्रस्थान भएका छन्।