गान्तोक: सिक्किम सरकारका सहरी विकास तथा खाद्य तथा नागरिक आपूर्ति विभागीय मन्त्री एलबी दासको नेतृत्वमा गएको निरीक्षण टोलीले आज रम्फू आईबीएम बाढ़ प्रभावित क्षेत्रको भ्रमण गऱ्यो। मन्त्री दासको साथमा जिला उपाधक्ष्य,प्रभा प्रधान, रम्फू मंहकुमा अधिकारी सुजाता सुब्बा अनि अन्य अधिकारीहरुको सहभागिता रहेको थियो। भ्रमणका क्रममा टोलीले बाढ़ पीडित परिवारलाई भेटेर उनीहरुका अवस्था सामान्य बनाउन यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएको थियो। प्रभवित परिवारलाई राहत उपलब्ध गराइने र सो क्षेत्रमा खानेपानीको निकासका लागि वाटर एक्साभेटरको प्रयोग भइरहेको परिवारलाई जानकारी गराइएको थियो। स्मरण रहोस्, हिजो स्थानीय प्रभावित परिवारले सरकारको तर्फबाट ध्यान नदिएको आरोप लगाएका थिए।