केन्द्रिय गृह मामिला राज्य मन्त्रीले रम्फू र बरदाङमा बाढ़ी प्रभावित क्षेत्रहरूको भ्रमण गरे

n545048056169670176191420b26dbef1a2e75010969a2722b019fdbd704ca71d6498139ffea5c3ffc88141.jpg

गान्तोक: सिक्किम भ्रमणमा आएका केन्द्रिय गृह मामिला राज्य मन्त्री अजय कुमार मिश्राले आज रम्फूमा टिस्टाको बाढ़ीले पुऱ्याएको क्षतिको निरीक्षण भ्रमण गरे। उनी बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण गर्न दुई दिवसीय सिक्किम भ्रमणमा आएका छन्।

केन्द्रिय मन्त्रीले रम्फू र बरदाङमा प्रभावित क्षेत्रहरूको निरीक्षण गरे। बरदाङमा भारतीय सेनाका २३ जवानलाई टिस्टा नदीको बाढ़ी बगाएको थियो। उनले अधिकारीहरूसॅंग स्थानहरूको सर्वेक्षणमा आउने कठिनाइहरू र जिम्मेवारीहरूको बारेमा कुरा गरे।

केन्द्रिय मन्त्रीसॅंग पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, एडीसी अनुपा तामलिङ तथा विभिन्न विभागका अधिकारीहरू पनि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement