गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज रम्फूस्थित आइबीएम र बरदाङको निरीक्षण गरे। उल्लेखनीय छ, उक्त स्थानमा गत केही दिन अघि उत्तर जिल्लामा रहेको लोहनार्क झीलमा बादल फाटेपछि टिस्टा नदीमा जलस्तर वृद्दि भेको थियो, जसको कारण राज्यको विभिन्न स्थानमा व्यापकरूपमा क्षति पुऱ्याएको थियो। टिस्टा नदीले प्रभावित बनेपछि उनले प्रभावित स्थलको निरीक्षण गर्दै माझीटार माध्यमिक विद्यालय र सिक्किम डिस्टलेरिजको हललाई राहत शिविरकोरूपमा परिणत गरिएको थियो। भ्रमणको क्रममा राज्यपालले राहत शिविरमा शरण लिएका मानिसहरूसँग अन्तक्रिया गर्दै उनीहरूको स्वास्थ्य लगायत अन्य प्रबन्धनबारे जानकारी लिए। राज्यपालले राज्यमा उत्पन्न भएको समस्या र चुनौतीको सामना गर्न केन्द्र र राज्य सरकार प्रतिवद्ध रहेको र सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन पनि दिए। यस अवसरमा उनले उद्दार कार्यमा जुटेका सेनाका अधिकारीहरूसँग पनि अन्तक्रिया गरे।