सिक्किम त्रासदीः मृतकहरूको संख्या ३० पुग्यो, २६ गम्भीर अवस्थामा भर्ती

IMG-20231004-WA0186.jpg

गान्तोक: सिक्किममा टिस्टा नदीमा आएको जलप्रलयको चपेटमा परेर मर्नेहरूको संख्या बढ़ेर ३० पुगेको छ। शुक्रवारसम्म मृतकहरूको संख्या २६ थियो भने आज यो संख्या बढ़ेर ३० पुगेको छ।

बेपत्ता बनेका मानिसहरूको संख्या भने घटेर आज ८१ रहेको, जबकि हिजोसम्म यो संख्या १४२ थियो।

सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले रिपोर्टमा भनेको छ, शनिवार सॉंझ ६ बजीसम्म प्राप्त रिपोर्ट अनुसार राज्यमा मृतकहरूको संख्या ३० पुगेको छ। ८१ जना अझै पनि बेपत्ता रहेका छन्। बाढ़ीले १३२० घर गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् भने २५६३ जनालाई सकुशल उद्धार गरिएको छ। २६ जना गम्भीर अवस्थामा अस्पतालमा भर्ती छन्।

रिपोर्ट अनुसार, मंगन जिल्लामा अहिलेसम्म ४ जना र गान्तोक जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ। पाकिम जिल्लामा १९ जनाको मृत्यु भएको छ, जसमा ९ जना सेनाका जवान सामेल रहेको बताइएको छ। नाम्ची जिल्लामा आजसम्म कसैको मृत्यु भएको पुष्टि भएको थिएन भने आज १ जना मृत्यु भएको पुष्टि भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement