डोप टेस्टमा फेल हुने शोहिदुलमाथि १० महिनाको प्रतिबन्ध

IMG-20220715-WA0086.jpg

१५ जुलाईः अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले बंग्लादेशका पेस बलर शोहिदुल इस्लानमाथि मार्चमा भएको डोप टेस्टमा विफल भएपछि १० महिनाको प्रतिबन्ध लगायो। शोहिदुलको मूत्र नमूनामा क्लोमीफेन पाइयो, जसलाई वाडा-द्वारा प्रतिबन्धित पदार्थहरूका सूचीमा राखिएको छ। यो पदार्थ टुर्नामेण्टभित्र अनि बाहिर दुवै जग्गामा प्रतिबन्धित छ। आईसीसीको टुर्नामेण्ट बाहिर जाँच कार्यक्रमअन्तर्गत उनको मूत्र नमूना लिइएको थियो। आईसीसीद्वारा जारी बयानमा भनिएको छ, बंग्लादेशका पेस बलर शोहिदुल इस्लामलाई आईसीसी डोपिंग रोधी संहिताको अनुच्छेद २.१-को उल्लंघनको दोषी पाइएपछि १० महिनाको निम्ति प्रतिबन्धित गरिएको छ। उल्लंघन स्वीकार गरिएपछि शोहिदुललाई १० महिनाको निम्ति क्रिकेटको सबै प्रारूपहरूबाट प्रतिबन्धित गरिएको छ।
निलम्बित गर्नको साथै आईसीसीले शोहिदुलले प्रतिबन्धित पदार्थको सेवन दवाईको रूपमा अनजानमा गरेको पनि स्वीकार गरेको छ। त्यो दवाई उनलाई उपचारको उद्देश्यले दिइएको थियो। यो १० महिनाको प्रतिबन्ध २८ मईदेखि शुरु हुनेछ। यसरी उनले २८ मार्च २०२३-सम्म क्रिकेट खेल्न सक्नेछैनन्। यस २७ वर्षीय क्रिकेटरले बंग्लादेशको तर्फबाट अहिलेसम्म केवल एउटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन्, जसमा उनले सीरीजको तेस्रो तथा अन्तिम म्याचमा मोहम्मद रिजवानको विकेट लिएका थिए। त्यस सीरीजमा पाकिस्तान ३-०-ले विजयी भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement