पाकिम जिल्लाका जिल्लापालले गरे समीक्षा बैठक

IMG-20231008-WA0000.jpg

पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको अध्यक्षतमा आज रम्फूस्थित पर्यटन अतिथि गृहमा बाढी पुनर्स्थापना कार्यको प्रगति र समीक्षा गर्नको निम्ति एक सभा सम्पन्न भयो।

सभामा स्वास्थ्य सुविधा, सडक सञ्जाल, खानेपानी, विद्युत आपूर्ति लगायतका कामको प्रगतिबारेमा विभिन्न विभागका अधिकारीहरूसँग छलफल गरेको जानकारी गराइएको छ।

उक्त सभामा जिल्लापालले सबैलाई सहयोगको लागि उनीहरूको इमान्दारप्रति प्रशंसा व्यक्त गरे। यसको थप समाधान खोज्न सबैलाई सहयोग गर्न आग्रह गरे। त्यसपछि उनले साग सब्जीको मूल्यमा भएको बृद्धि पत्ता लगाउन र सर्वसाधारणलाई सहज रूपमा इन्धन उपलब्ध गराउन सम्बन्धित विभागले पेट्रोल पम्प र खाद्य बजारमा निरीक्षण गर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement