गान्तोक: चार दिनको अथक प्रयासपछि अन्ततः राष्ट्रिय राजमाग १० अन्तर्गत मल्ली र रम्फूबिच यातायात सुचारू बनेको छ। गत मंगलवार राति टिस्टा नदीको भेलले मल्ली बजार छेउ राष्ट्रिय राजमार्ग १० को एउटा ठूलो भाग चुडेर लगेको थियो।
यसपछि, मल्ली र रम्फूबिच यातायात पूर्ण रूपमा ठप्प बनेको थियो। यद्यपि, चार दिनपछि शनिवार सॉंझ लगभग ६:३० बजीदेखि यातायात सुचारू बनेको छ।