अन्तिम दिन नेपाललाई ऐतिहासिक पदक

n545049836169669988918243f87b01c256dc22a1862bff94059ce912a2d62cd0133c90882ec397fb3d0b30.jpg

कठमाडौँ: करातेकी एरिका गुरुङले एशियाली खेलकुदमा नेपालको अन्तिम खेल भएको दिन ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन्। एशियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करण अन्तर्गत शनिवार भएको खेलमा ६८ केजी तौल समूहमा गुरुङले सेमीफाइनलमा हङ्गकङकी यान काई होलाई ८-४ ले हराउँदै रजत पदक पक्का गरिन्। स्वर्ण पदकको लागि भएको फाइनल प्रतिस्पर्धामा भने उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित हुन पुगिन्।एशियाली खेलकुदमा नेपाली खेलाडीले प्राप्त गरेको यो तेस्रो रजत पदक हो। करातेतर्फ भने नेपालले जितेको यो पहिलो रजत पदक हो।
यसअघि सन् १९९८ को ब्याङ्कक एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपालको लागि पहिलो रजत जितेकी थिइन्। अर्को रजत गत २०१८ जकार्ता एशियाडमा प्याराग्लाइडिङमा नेपालले जितेको थियो।एरिकाको रजतसँगै जारी एशियाली खेलकुदमा नेपाल दुई वटा पदक लिएर घर फर्किने भएको छ। यसअघि महिला कबड्डिले पदकको श्रीगणेश गरेको थियो।जित पछि एरिकाले भनिन्, “यो पदक म देशको लागि समर्पण गर्न चाहन्छु।”
जितको सुरुआत एरिकाले जितको सुरुआत जापानकी खेलाडी युजुकी सबाइलाई पराजित गरेर गरेकी थिइन्।विश्व कराते महासङ्घको वरीयतामा पाँचौँ स्थानमा रहेकी जापानकी प्रतिद्वन्द्वी एजुकी जापान कराते प्रिमिअर लिगमा स्वर्ण तथा कन्टिनेन्टल च्याम्पिअनसिपकी पनि स्वर्ण विजेता थिइन्।जसले गर्दा एरिकाको पहिलो खेल निकै चुनौतीपूर्ण हुने ठानिएको थियो।
तर उक्त खेलमा साहसिक प्रदर्शन गरेर निर्धारित समयको खेलमा दुवैले १-१ अङ्क प्राप्त गरेपछि बराबरी भयो।अब खेल ‘सेन्सु’ को आधारमा पुग्यो। जसले पहिलो अङ्क प्राप्त गर्छ उनले नै जित्ने भयो।यस्तोमा एरिकाले जापानी प्रतिद्वन्दीलाई माथ खुवाउँदै सेमी फाइनलको बाटो तय गरेकी हुन्।
अनि उनले सेमीफाइनलमा हङकङलाई उत्कृष्ट खेल पस्किँदै पराजित गर्न सफल भइन् र नेपाललाई ऐतिहासिक पदकको सामु पुर्‍याइन्।
फाइनलमा पराजित भएपछि एरिकले भनिन्, ” मैले आफूले सकेको प्रयास गरेँ। फाइनल जित्ने प्रयास पूरा हुन सकेन।”चौथो कराते पदक
करातेले नेपालको लागि पदक दिलाएको यो चौथो पटक हो।यसअघि सन् १९९४ मा सीता राईले नेपालको लागि पहिलो कांस्य पदक दिलाएकी थिइन्।त्यसपछि सन् १९९८ मा ब्याङ्ककमा समर बहादुर गोलेले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य जितेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement