सिलगढी: मतिगढा थाना पुलिसले आज चौथो महानन्दा ब्रिज नजिक अभियान चलाएर अधिक मात्रा गाँजा सहित एउटी महिलालाई पक्राउ गरेको छ। पक्रा परेका महिलाको नाम सान्तना बर्मन (४०) बताइएको छ। तिनी कुचबिहारको शीतलकुची निवासी हुन्। प्राप्त जानकारी अनुसार आज साँझ एउटी महिला कुचबिहार जिल्लाको शीतलकुचीबाट एउटा ब्यागमा गाँजा बोकेर मतिगढा थाना अन्तर्गत चौथो महानन्दा ब्रिज नजिक आइपुगेकी थिइन्। तिनले सो गाँजा त्यहाँ डिलेभरी गर्नको लागि उभिरहेकी थिइन्।

गोप्य सूचनाको आधारमा पुलिसले उक्त इलाकामा अभियान चलाएर ६ किलो गाँजा सहित महिलालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका महिलालाई पुलिसले भोलि आइतबार सिलगढी अदालतमा पेश गर्ने भएको छ।