नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २०,०३८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,३७,१०,०२७ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ ४७ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२५,६०४ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १६,९९४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,३०,४५,३५० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.४८℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा १,३९,०७३ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४,५०,८२० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८६,८६,१५,१६८ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १८,९२,९६९ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९९,४७,३४,९९४ जनाले यो खोप लगाइसकेको छन्।
आजदेखि कोरोनाको बूस्टर डोज १८ उमेर माथिकाहरुलाई मुफ्त दियिने छ।