कोलकाताः कोलकातामा राजभवन बाहिर मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी धरनामा बसेका छन्। सय दिनको रोजगार गारन्टी योजना समेत अन्य केन्द्रिय योजनाहरूमा फण्ड भुकतानको मागमा उनको तीन दिनदेखि धरना चलिरहेछ। यसबीच राज्यपाल दार्जीलिङको राजभवन पुगेका छन्। उनलाई देख्नसाथ तृणमूल कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। शुक्रवार जब उनी दार्जीलिङमा राजभवन गइरहेका थिए तब तृणमूल कार्यकर्ताहरूले उनको लश्कर सामू कालो झण्डा लहराए।
राज्यपाल सीवी आनन्द बोस दिउँसो सिलगढ़ीको बागडोगरा हवाईअड्डामा उत्रे औं राज्य अतिथिगृहको निम्ति निस्के। स्टेट गेस्ट हाउस ठीक सामू तृणमूलले राज्यपाललाई कालो झण्डा देखायो। वस्तुतः राज्यपालले शुक्रवार नै तृणमूलको तीन सदस्यीय टीमसित भेट गर्ने थिए। तृणमूलले यस विरोध प्रदर्शनबारे यसलाई जनताको विरोध बतायो। राज्यपालको वरिपरि पहिलेपनि विरोध प्रदर्शन हुँदै आएको छ। शनिवार यस घटनाको सन्दर्भमा दार्जीलिङ जिल्ला तृणमूल कांग्रेसका प्रवक्ता वेदब्रत दत्ताले भने, विरोध केवल तृणमूलको तर्फबाट भइरहेको छैन। यस विरोधमा आम जनपनि हामीसित सामेल भएका छन्। पश्चिम बंगालका राज्यपालले शिक्षा क्षेत्रमा अराजकता उत्पन्न गरेका छन्। जुन प्रकारले उनले आफ्नो पदको दुरूपयो गरिरहेका छन्, त्यसबाट राज्यपाल पदको गरिमा समाप्त भएको छ। बंगालका जनता रूष्ट छन्। पूरा बंगालमा असन्तोषको आँधी चलिरहेछ।
यही विरोध प्रदर्शनबीच राज्यपाल सिलगढ़ीको स्टेट गेस्ट हाउस पुगे। सूत्रहरू अनुसार, त्यहाँ आराम गरेपछि उनी दार्जीलिङ स्थित राजभवनको निम्ति प्रस्थान हुनेछन्। उनले तृणमूल प्रतिनिधिहरूसित भेट गर्ने चर्चा छ।