कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी गत तीन दिनदेखि राजभवन बाहिर बंगालको बाकी भुकतानको मागमा धरनामा बसेका छन्। अभिषेकको १०० दिनको रोजगार गारन्टी योजना समेत अन्य केन्द्रिय योजनाहरूको निम्ति फण्ड जारी गर्ने मागमा चलिरहेको धऱना शनिवार अझ् विशाल भयो किनभने भारी संख्यामा तृणमूल कांग्रेसको शीर्ष स्तरका नेताहरू उक्त मंचमा उपस्थित थिए। यसबीच अभिषेकले एउटा ठूलो घोषणा गरेका छन्।
उनले प्रदेश भाजपा अद्यक्ष सुकान्त मजूमदारको नम्बर जारी गरी २० लाख मानिसलाई त्यसमा फोन गर्नलाई भनेका छन्। सुकान्त मजूमदारको नम्बर जारी गर्दै उनले भने, बंगालमा २० लाख मानिस, जसले १০० दिनको रोजगार गारन्टी योजना अन्तर्गत काम गरेका छन्, उनले यस नम्बरमा फोन गर्नुहोस्। दुई वर्षदेखि हामीले वेतन पाएका छैनौं। तपाईसित अनुरोध छ, रूपियाँ दिलाउनुहोस्। यद्यपि, सोशल मीडियामा अभिषेकको यस कदमको आलोचना हुनु शुरू भएको छ। मानिसहरूले सोधिरहेकाछन्, यदि मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेकको पनि नम्बर जारी गरिए के हुनेछ।
-हिस