कोलकाताः १०० दिनको रोजगार गारन्टी योजना मनरेगाको मुद्दामा मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी आर-पारको मूडमा नजर आइऱहेका छन्। राजभवन कोलकाता सामू उनले धरना दिएको आज शनिवार तेस्रो दिन भएको छ। उनी बिहिवार साझँदेखि राजभवन नजिक धरनामा बसेका छन्।
शुक्रवार उनले जबसम्म राज्यपाल कोलकाता फर्केर तृणमूल प्रतिनिधिमण्डलसित भेट गर्दैनन् र उनका प्रश्नहरूको जवाफ दिँदैनन् तबसम्म उनको धरना जारी रहने दोहोराएका थिए। आज पनि उनी धरना मंचमा छन्। उनले राति मञ्चको पछाड़ी बनेको क्याम्पमा आराम गरे, जसपछि बिहानैदेखि एक पल्ट फेरि यहाँ तृणमूल नेताहरू र समर्थकहरूको घुइँचो लाग्नु शुरू भएको छ।
अर्कोतिर, राज्यपाल उत्तर बंगालको बाढ़ प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि कोलकाता जानको साटो नयाँ दिल्ली गएका छन्। यसैले अभिषेक ब्यानर्जीको धरना लम्बिने सम्भावना छ।
-हिस