भारी मात्रामा जाली नोटहरूको साथ तस्कर पक्राउ

00-1-Rajya-Samachar-1

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले भारी मात्रामा जाली नोटहरूको साथ एक तस्करलाई समाएको छ। उसको पहिचान ओबैदुल हक (३१ वर्षीय मादला जिल्लाको कालियाचक निवासी) को रूपमा गरिएको छ।

एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसु अनुसार, एक दिनअघि अर्थात् शुक्रवार अबेर साझँ ठोस सूचनाको आधारमा जिल्लामा रतुआ थाना क्षेत्रको समसी रोडमा फलहारिणी काली मन्दिर नजिक घेराबन्दी गरियो। यो व्यक्ति जस्तै यहाँ पुग्यो उसलाई समाइयो। उसको तलाशी लिँदा एक लाख ४५ हजार ५०० रूपियाँको जाली नोट जफत गरियो। तस्करले सीमा पारीबाट नोटहरूको खेप लिएर आएको र विभिन्न क्षेत्रमा तस्करी गर्ने योजना रहेको थाहा लागेको छ। तस्करसित सोधपुछ गरी उसका अन्य साथीहरूबारे जानकारी जुटाइँदैछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement