जलपाइगढ़ीः गाजोलडोबा टिस्टा बराज संलग्न क्षेत्रबाट आज एख अज्ञात व्यक्तिको सड़ेको शव भेटियो। यद्यपि, खबर लेखिञ्जेलसम्म शवको पहिचान हुन सकेको छैन।
जानकारी अनुसार, स्थानीय मानिसहरूले दिउँसो गाजोलडोबा संलग्न मारापुर टिस्टा तटमा एउटा सड़ेको शव देखे। यसको सूचना मिलनपल्ली चौकी पुलिसलाई दिइयो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र शवलाई जफत गरी पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिस शवको पहिचान गर्नमा जुटेको छ।