कोलकाताः पश्चिम बंगालिको छिमेकी राज्य सिक्किममा बादल फाटेपछि आएको बाढ़ र आपदाको स्थितिमा अहिलेसम्म दुई दर्जनभन्दा धेरै मरेको पुष्टि भइसकेको छ। यसबीच पश्चिम बंगालका कम्तीमा तीन हजार मानिस सिक्किमको आपदामा फंसेको खबर छ।
उल्लेख्य, दुई दिनअघि पश्चिम बंगालको बीरभूम र मेदिनीपुरका दुई परिवारका १३ सदस्य हराएको थाहा लागेको थियो। त्यसपछि राज्य आपदा प्रबन्धन विभागले लगातार शिकायत पाइरहेछ। शनिवार बिहानसम्म यस्ता लगभग तीन हजार शिकायत पाइएको छ, जसमा सिक्किमा पश्चिम बंगालका मानिसहरू हराएको जानकारी दिइएको छ। बंगालका यी हराएका मानिसहरूलाई खोज्नका लागि परिजनहरूले राज्य सरकारसित मद्दतको गुहार लगाएका छन्।
राज्य आपदा प्रबन्धन विभागको एक अधिकारी अनुसार, शुक्रवारदेखि राज्यमा मौसमको स्थितिमा सुधार हुनु शुरू भएको छ र राहत तथा बचाव कार्य तीव्र गरिएको छ। स्थानीय प्रशासनको मद्दतले धेरैभन्दा धेरै मानिसहरूसित सम्पर्क गर्ने प्रयास भइरहेछ। साना गाड़ीहरूलाई वैकल्पिक बाटोद्वारा सिक्किम पठाइँदैछ ताकि त्यहाँ राहत र बचाव कार्य जारी रहोस्।
-हिस