बन्द हिन्दमोटर कारखाना नजिक भेटियो व्यक्तिको शव

00-1-Rajya-Samachar-1

कोलकाताः हुगली जिल्लाको उत्तरपाड़ा स्थित विख्यात हिन्द मोटर कारखाना नजिक एक व्यक्तिको शव भेटिएको छ। यो कारखाना लामो समयदेखि बन्द थियो। शनिवार मर्निङ वकमा निस्केका मानिसहरूको नजर कारखानाको निकासी नालीभित्र एक युवकको शवतिर गयो। उनीहरूले तुरन्तै पुलिसलाई यसको जानकारी दिए। घटनास्थलमा पुगेको पुलिस टीमले उसलाई उठाएर पोस्टमार्टमको निम्ति अस्पतालमा पठायो। मृतकको पहिचान हुनसकेको छैन।

रात पर्नसाथ हिन्द मोटर कारखानाको बन्द परिसरको वरिपरि अपराधिक गतिविधिहरू शुरू हुनेगरेको दाबी छ। हिन्द मोटरका भाजपा नेता तथा स्थानीय निवासी पंकज रायले भने, बन्द कारखानाको वरिपरिको सड़कमा रात पार्नसाथ धेरै गैर कानूनी काम हुन्छ। पुलिसलाई धेरै पल्ट यसको शिकायत गरियो तर कुनै फायदा भएन। पुलिस सूत्रहरू अनुसार, मृतकको पहिचान गर्ने प्रयास भइऱहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement