कोलकाताः त्रिपुरा पुलिसले राज्यका मुख्यमन्त्री माणिक साहा विरूद्ध आपत्तिजनक भीडियो बनाएको औं फर्जी खबरहरू साझा गरेको आरोपमा एक यूट्यूबरलाई पश्चिम बंगालबाट पक्राउ गरेको छ। उसको नाम सैकत तालापात्रा बताइएको छ। उसले आफ्नो अनलाइन च्यानलहरूको माध्यमले मुख्यमन्त्री माणिक साहा, उनका परिवारका सदस्यहरू र अन्य धेरै राजनेताहरूलाई बदनाम गर्नका लागि फर्जी सूचनाहरू चलाएको छ। उसलाई पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको सोदपुरबाट पक्राउ गरियो। एक पुलिस अधिकारी अनुसार, त्रिपुरा पुलिस अपराध शाखाको एक टीमले सैकत तालापात्रालाई सोदपुरको मुरागाछामा एउटा भाड़ाको घरबाट पक्राउ गऱ्यो र उसलाई फ्लाइटमा अगरतला लग्यो। सैकत तालापात्रा विरूद्ध त्रिपुराका धेरै पुलिस स्टेशनहरूमा धेरै मामिलाहरू दर्ता छन्।
गत केही वर्षमा उसले आफ्नो यूट्यूब र फेसबुक च्यानलहरूको माध्यमले पूर्व मुख्यमन्त्री बिप्लब कुमार देब, टिपरा मोथा पार्टी (टीएमपी) सुप्रीमो प्रद्योत बिक्रम माणिक्य देब बर्मन, कांग्रेस नेता सुदीप रोय बर्मन र अन्य धेरै राजनेताहरूलाई पनि बदनाम गरेको थियो। एक मामिलामा त्रिपुराको अदालतबाट जमानत पाएपछि, यूट्यूबर कोलकाता आयो र जाँच अधिकारीहरूको साथ सहयोग गरेन, जसबाट अदालतलाई गत साल यूट्यूबर विरूद्ध गैर-जमानती वारन्ट जारी गर्नपऱ्यो।
२०२१ देखि त्रिपुरा पुलिस टीम उसलाई पक्राउ गर्न धेरै पल्ट कोलकाता गएको थियो तर यूट्यूबर फरार थियो। उसले नियमित रूपमा राज्यका राजनेताहरूको निन्दा गरिरह्यो। आरोपित त्रिपुरामा पूर्णकालिक शिक्षक थियो। तर कर्तव्यमा लापरवाहीको कारण उसले आफ्नो नौकरी गुमाउन पऱ्यो। उसले २०२० अघि एक स्थानीय टेलीविजन च्यानलको प्रमख एंकरको रूपमा पनि काम गऱ्यो।
-हिस