बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा प्राकृतिक प्रकोप क्षेत्र टिस्टाको निरीक्षण

IMG-20231007-WA0278.jpg

पिढीतहरूलाई आफ्नो आफ्नो ब्यांक एकाउन्टमा पैसा हालेको राम्रो हुन्छ: पेम्बा रिम्पोर्छे

खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरू पेम्बा रिम्पोर्छेले प्राकृतिक आपदा परेको बेला टिस्टा क्षेत्रको निरीक्षण गरेर पिढीतहरूका विभिन्न समस्याहरू बुझ्ने कार्य गरेका छन्। यसावधि उनले टिस्टा क्षेत्रमा परेको प्राकृतिक आपदालाई हेरेर स्थानीयहरूलाई बेल्चा, फरूवा आदि सर सामानहरू वितरण गरेका छन्। पेम्बा रिम्पोर्छेले आपदाले प्रभावित टिस्टाको कपुर बस्ती, कृष्ण ग्राम क्षेत्र, टिस्टा पुलमुनिका बाढ़ले प्रभावित क्षेत्रहरूका निरीक्षण गरेका छन्।

उनले प्रभावित घरहरूको निरीक्षण गर्दै पिढीतहरूका गुनासोहरू सुनेका थिए। त्यसरी नै टिस्टा नदीले बगाएका घरहरू र प्रभावित मानिसहरूसित बातचीत गरेका छन्। त्यसको साथै उनले राहत शिविरमा बसेका प्रभावित मानिसहरुसित पनि भेटघाट गरी विभिन्न समस्याहरू बुझेका थिए। उनले टिस्टाको सबै प्रभावित क्षेत्रहरूका निरीक्षण गरेर पत्रकारहरूसित कुराकानी गर्दै टिस्टाले प्रभावित मानिसहरूलाई पुनर्वासको लागि जीटीएले कार्य गर्नुपर्छ कारण यसको लागि जीटीए सक्षम छ भनेकोले यसतर्फ कार्य गर्नुपर्छ भनी बताएका छन्। उनले टिस्टा नदीले प्रभावित बगाएको क्षेत्रमा पुनर्वासको लागि। सांसद राजु विष्टयित बातचीत गरेको पनि बताएका छन्।

उनले यहाँको पिढीतहरूलाई सरकारबाट राहत दिनु परे सरकारले सबै पिढीतहरूलाई अफ्नो आफ्नो एकाउन्टमै नै नगदराशि हालिदिनु पर्ने मांग पनि गरेका छन्। रिम्पोर्छेले पिढीतहरूका पुनर्वासको लागि सांसद राजु विष्टलाई पत्रचार गरेको र केन्द्रमा पनि पत्रचार गर्ने भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement