पिढीतहरूलाई सहयोग पुराउन कमिटी गठन गर्न जरूरी छ: अजय एडवाडर्स

IMG-20231007-WA0275.jpg

दार्जीलिंग: संकटमा परेका पिढीतहरूलाई हामी सबै एकबद्व भएर सहयोग पुराउनुपर्छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। गत केही दिन अघि परेको मुसलधार पानीले छिमेकी राज्य सिक्किम लगायत जीटीए क्षेत्रको विभिन्न स्थानहरूमा प्राकृतिक प्रकोपले उत्पात मच्चाएको छ। जन धनको क्षति भएको छ। यस्तो स्थितिमा तपाई हामी एकबद्व भएर पिढीतहरूलाई सक्दो सहयोग पुराउनु पर्छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दोहोराएका छन्। उनले अघि भने, जीटीए क्षेत्रको टिष्टादेखि गेल खोला आदि क्षेत्रका मानिसहरूले कमिटीको गठन गर्न अति नै जरूरी रहेको अध्यक्ष एडवाडर्सले बताए। प्राकृतिक प्रकोपमा परेका पिडितहरूसंग आफुहरूले लगाएको लुगा बाहेक उनीहरूसंग अरू केही छैन। भारत सरकारले सिक्किमको प्राकृतिक प्रकोपमा परेका पिढीतहरूको निम्ति प्याकेज जारी गरी सकेको छ।त्यसरी नै जीटीए क्षेत्रको पिडितहरू को निम्ति पनि सरकारले प्याकेज जारी गर्नु पर्छ। त्यसरी नै बंगाल सरकार अनि एनएसपीसीले पनि पिढीतहरूको निम्ति आर्थिक प्याकेज जारी गर्नुपर्छ भन्ने हाम्रो मांग छ अध्यक्ष एडवाडर्सले भने। उनले अझ भने, सरकारबाट होस साथै अन्य कुनै पनि डिपार्टमेन्टबाट होस पिढीतहरूको नाम आएको प्याकेजहरू खुल्ला रूपमा राखिनु पर्छ। कोरोना संक्रमणकालमा पाँच रूपियाँको मास्कको पच्चास रूपियाँसम्म बील गरेको घटना सबैको आँखा अघि रहेको छ।प्राकृतिक प्रकोपले बाटोहरूको अवस्था लथालिङ्ग बनाएको छ। बाटो खोलिने आदि जस्ता कार्यहरू भएपछि आपतकालिन बैठक हुन अति नै जरूरी छ अनि बैठकमा अल पार्टी कमिटीको गठन हुन अति नै जरूरी छ ताकी संग्रह भएको जे जति समाग्रीहरू पिडितहरूसंग पुग्न सकोस् अध्यक्ष एडवाडर्सले भने।पिढीतहरूलाई सहयोग पुराउन धेरै मानिसहरू अघि आएको छ। धेरै मानिसहरू आ आफनो काम कुरोहरूले गर्दा ती ठाउँहरूमा पुग्न सकेको छैन। तर उनीहरूले हामीलाई जरूरी सर समाग्रीहरू दिन्दैछ अनि हामीले पनि क्याम्पहरूमा पूराउदै आई रहेका छौ त्यसरी नै अन्य संघ संस्थाहरू पनि सहयोग गर्दै आई रहेको छ। पिडितहरूलाई सहयोग पुराउन अविलम्ब अराजनैतिक कमिटि गठन गर्न जरूरी रहेको एडवाडर्सले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement