आर्थिक सहयोगको मांगमा प्रधानमन्त्री र मुख्यमन्त्रीलाई एडवाडर्सले लेख्यो पत्र

1000374065.jpg

दार्जीलिग: जीटीए क्षेत्रको प्राकृतिक प्रकोपको चपेटमा फसेका पिढीतहरूको निम्ति आर्थिक सहयोगको मांग गर्दै हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले प्रधानमनित्री नरेन्द्र दामोदर मोदी र राज्यकी मुख्यमनित्री ममता ब्यानर्जी समक्ष पत्रचार गरेका छन्। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले आफ्नो पत्रमा गत ४ अक्टोबरको बिहानी पाखा छिमेकी राज्य सिक्किम लगायत जीटीए क्षेत्रको विभिन्न क्षेत्रहरूमा प्राकृतिक प्रकोपको चपेटमा परेको छ अनि धेरैले ज्यान गुमाएका छन्। निखोज रहेका मानिसहरूको खोजी अभियान जारी छ। टिस्टा नदीको आसपासमा रहेका घरहरू आदि जस्ता सम्पतिहरू बाढको पानीले बगाएको छ। बंगाल र सिक्किमलाई जोड्ने राष्ट्रीय राजमार्ग १० चुडिएको छ।भयानक प्राकृतिक प्रकोपले बंगालको कालेबुङ जिल्लाको धेरैवटा ठाउँहरू अझ पनि भयानक स्थितिमा रहेको छ।आफु स्वयम् प्राकृतिक प्रकोपको चपेटमा परेका स्थानहरूको भ्रमण गरेर त्यहाँको स्थितिले हेरेको अध्यक्ष एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेका छन्।प्राकृतिक प्रकोपमा परेको स्थानहरूको स्थिति भयानक साथै दु:ख लाग्दो अवस्थामा पुगेको छ। पिढीतहरूलाई सुरक्षित स्थानमा पुनर्वासको ब्यवस्था गर्न अति नै जरूरी रहेको छ। सिक्किम राज्यको प्राकृतिक प्रकोपमा परेका पिडितहरूको निम्ति भारत सरकारले ४४.८९ करोड रूपियाँको राहत प्याकेज प्रदान गरेको छ भने पश्चिम बंगाल राज्य अन्तर्गत कालेबुङ जिल्लाको पिढीतहरूको निम्ति पनि सरकारले प्याकेज जारी गरिदिने मांग अध्यक्ष एडवाडर्सले आफनो पत्रमा गरेका छन्। प्रधानमन्त्री राहत कोष र राष्ट्रीय आपतकालीन कोषबाट प्याकेज जारी गरि दिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement