ड्रग्सको साथ ६ तस्कर पक्राउ

IMG-20230410-WA0169-11-300x172-1

गुवाहाटी: असम पलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले शनिवार एक महिला समेत छह कुख्यात ड्रग्स तस्करलाई हेरोइनको साथ पक्राउ गरेको छ।

एसटीएफद्वारा दिइएको जानकारी अनुसार, एक इनपुटमाथि कारबाही गर्दै आज बिहान छह ड्रग पेडलरहरू बिनोद मेधी (३२), मार्शल सुतिङ (२६) निवासी री-भोई (मेघालय), राज थापा (२६) निवासी कामरूप (मेट्रो), बिकी लिङदोह (१८) निवासी री-भोई (मेघालय), डोम्बोक (२४) सोनापुर तथा सहारा बेगम (४) निवासी कामरूप (मेट्रो), लाई समाइएको छ।

यिनीहरूदेखि ३० प्लास्टिकको शिशि र तीन तम्बाकूको बक्सा जफत गरियो, जसमा ८७.४ ग्राम संदिग्ध हेरोइन थियो। ९ नग खाली शिशि, एउटा काली तम्बाकू बक्सा, ५ मोबाइल फोन, ४७ सय रूपियाँ नगदी र ४ सिरिन्ज जफत गरियो। अघिको आवश्यक कारबाहीको निम्ति आरोपितहरूलाई सोनापुर पुलिस स्टेशनलाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement