गुवाहाटीमा रेड अलर्ट

Screenshot_20231007_190414_Google.jpg

गुवाहाटी: गुवाहाटीको बोरझार स्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रले खराब मौसमबीच रेड अलर्ट जारी गरेको छ। ज्ञात होस्, यहीबीच कामरूप (मेट्रो) जिल्ला प्रशासनद्वारा पनि मानिसहरूलाई सतर्क गराइएको छ।

शुक्रवार नै एउटा हेल्पलाइन नम्बर जारी गरिएको थियो। मौसम विज्ञान केन्द्रद्वारा जारी पूर्वानुमान अनुसार, असम सहित गुवाहाटी शहरमा आगामी २४ घण्टामा मूसलधारे पानी पर्ने सम्भावना छ।

यसैले क्षैत्रीय मौसम विज्ञान केन्द्रले आगामी २४ घण्टाको निम्ति रेड अलर्ट जारी गरेको छ र मानिसहरूलाई सतर्क रहने जानकारी गराएको छ। केन्द्रद्वारा विशेष रूपमा शहरको निम्ति रेड अलर्ट जारी गरिएको छ। क्षेत्रीय मौसम विज्ञान केन्द्र अनुसार, शहरमा शनिवार अधिकतम तापक्रम २९ डिग्री सेल्सियससम्म रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement