सिलगढी: तृणमूल कांग्रेसका कार्यकर्ताहरूले बागडोगरा, मटिगढा र सर्किट हाउसको बाटोमा राज्यपाललाई बारम्बार कालो झण्डा देखाए। शनिबार राज्यपाल दिल्लीबाट सिँधै बागडोग्रा एयरपोर्टमा अवतरण गरे। त्यसपछि त्यहाँबाट सर्किट हाउसतर्फ लागे । यस क्रममा मटिगढादेखि सर्किट हाउससम्मको बाटोमा तृणमूल कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । त्यसपछि गभर्नर सर्किट हाउस पुगेपछि उनलाई सर्किट हाउसको गेटमा कालो झण्डा देखाएका थिए ।
राज्यपाल सीबी आनन्द बोस सिलगढी स्टेट गेस्ट हाउसबाट दार्जिलिङको राजभवन प्रस्थान गरे। सिलगढी स्टेट गेस्ट हाउसबाट बाहिरिने क्रममा राज्यपालले कालो झण्डा र विरोधको सामना गर्नुपरेको थियो।