जलपाईगढ़ी। जलपाईगढ़ीको टिस्टा नदीबाट अहिलेसम्म २७ वटा शव फेला परेका छन्। खबर प्राप्त हुनासाथ बेपत्ताका परिवार मुटुमाथि ढुङ्गा राखी आफन्तको खोजीमा पुगेका छन्।
जलपाईगढ़ी जिल्ला प्रशासन, पुलिस प्रशासन, नगर निगम आपदा प्रबन्धन, एनडीआरएफ, सिभिल डिफेन्स र स्थानीय जनताको पहलमा टिस्टामा तैरिएका शवको उद्धार सुरु भएको छ। जिल्ला प्रशासन सुत्रबाट थाह लागे अनुसार, बुधबारदेखि शुक्रबारसम्म २७ जनाको शव फेला परेको छ। जसमा केही सेनाका कर्मचारी पनि छन्। शव फेला परेको खबर फैलिने बित्तिकै सिक्किममा बेपत्ता भएकाहरूका आफन्तहरू जानकारी लिन शनिबार बिहान जलपाईगढ़ी अस्पतालको शवगृहमा पुगेका थिए। यसमा धेरै बेपत्ता परिवारका सदस्यहरू र सेनाका कर्मचारीहरू समावेश छन्।