टोट गाउँको राहत शिविर अनि ग्राउण्ड जिरोमा गोरूबथान फ्युचर भिजन…

IMG-20231007-WA0231.jpg

गोरुबथान: ३ अक्टोबर रातिको प्रलयकारी ताण्डवले विशेष टिस्टा नदीको किनारमा बस्ने जलपाईगुडी जिल्लाको बाग्राकोट ग्राम पंचायत अन्तर्गत रहेको टोट गाउँ अत्याधिक रुपमा प्रभावित बनेको छ।अहिले गाउँमा मान्छे बस्न नसक्ने अवस्था भएको छ। करिब २५० परिवार रहेका टोट गाउँका अधिकांश मानिसहरूलाई तीनवटा शिविरमा सारिएको छ। धेरै संख्यामा इलेनबारी प्राइमरी स्कूलमा छन् भने रहललाई वासाबारी जुनियर हाइस्कूल अनि कालागैंती प्राथमिक पाठशालामा राखिएको छ।

आज गोरूबथान फ्युचर भिजनको एक टोली केही राहत सामाग्री लिएर गाउँ अनि शिविरको वस्तुस्थिति बुझ्न गएको थियो। त्यहाँ गएर बुझ्दा प्रशासनबाट भनेजस्तो सहयोग नपाइरहेको बाढ पीडितहरूले बताए। माल बजार बीडीओ आएर भोलिदेखि राहत शिविर खाली गरेर गाउँ फर्कनुपर्ने जिल्ला अधिकारीको आदेश छ भनेर सुनाउँदा राहत शिविरका मानिसहरू एकाएक आक्रोशित बने। गाउँ अहिले नै बस्ने स्थितमा छैन। घरभित्र लेदो र पानी अहिले पनि त्यस्तै छ। घरभित्र अहिले पनि मैला पानी छ। त्यस्तो ठाउँमा कसरी बस्ने? आक्रोशित पीडितहरूले बीडीओलाई प्रश्न गरे।
गोरूबथान फ्युचर भिजनको टोली राहत शिविरमा सामाग्री बितरण गरेर बाढी प्रभावित गाउँ निरीक्षण गर्न गयो। निरीक्षण गर्दा गाउँमा अहिले बस्ने अवस्था छैन। घरभित्र ढेडदेखि दुइ फिट टिस्टाले बगाएर ल्याएको लेदो थुप्रिएको छ। घरका चारैतिर मैला पानी जमिएका छन्। विभिन्न प्रकारका दुर्गन्ध फैलिरहेको छ। ती सबै सफा गरेर गाउँमा पूर्ण रुपमा सेनिटाइज गरेर मात्र गाउँमा मानिसहरूलाई फर्काउन सकिन्छ।
अन्तमा बीडीओले माथिल्लो स्तरका अधिकारीसित ग्राउण्ड जिरोको वास्ताविक्ता अनि पीडितहरूको आक्रोश सुनाएपछि गाउँ बस्न योग्य नभएसम्म शिविरमै बस्न माथिबाट आदेश दिइएको छ।

राहत शिविरमा अहिले वरिपरिका गाउँ, समाजका संघ संस्था, शिक्षक/शिक्षिका, ओदलाबाडी, मालबजारका संघ संस्थाहरू आएर पालैपालो खाना दिने, सहयोग गर्ने गरिरहेको थप जानकारी प्राप्त भएको छ। तसर्थ उक्त ठाउँमा यसघडी खाद्यान्न सहयोगको आवश्यकता रहेको देखिएको छ। यदि कोही महानुभावहरू अघि आउनु भए यो समयमा साँच्चै सेवाको कार्य हुनेछ।
आज जाने टोलीमा गोरूबथान फ्युचर भिजनका सभापति पुरण राई, सचिव सौराज राई, सहसचिव पुरण मगर, कोषाध्यक्ष प्रणय गुरुङ, कार्यकारी सदस्य राजु मिजार, सुदर्शन आत्रि, रुस्तम शर्मा आदि रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement