शान्तिनगर गाउँ सुधार समितिद्वारा २०८औं भानु जयन्ती पालन

IMG-20220714-WA0172.jpg

सिङताम: शान्तिनगर गाउँ सुधार समितिद्वारा आदिकवि भानुभक्त आचार्यको २०८औं जन्म जयन्ती भव्यताको साथमा पालन गरियो। उक्त कार्यक्रममा हाँस्य कलाकार एंव कवि राम शर्मा ‘फिर्के’ मुख्य अतिथिको रुपमा उपस्थित थिए। सो अवसरमा रामायण पाठ, कविता पाठ, नेपाली लोक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राम शर्मा ‘फिर्के’-ले शान्ति नगरमा भानु जयन्ती मनाउनको लागि समितिका अध्यक्ष कृष्ण छेत्रीको भूमिका सक्रीय र प्रशंसनीय रहेको बताउँदै भानु जयन्तीको पालनले नेपाली भाषा, साहित्य, संस्कृति र जातिको महत्त्व बढ़्ने गरेको बताए। उनले रामायण पाठ र श्लोकबारे पनि प्रस्तुति दिएर कार्यक्रमको गरिमा बढ़ाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement