सिलगढ़ी। मुख्यमन्त्रीको निर्देशनमा युवा कल्याण तथा ऊर्जा मन्त्री अरूप विश्वास कालेबुङको क्षतिग्रस्त क्षेत्रको भ्रमण गर्न बागडोग्रा एयरपोर्टमा अवतरण गरेर कालेबुङ प्रस्थान गरे। बागडोगरामा पत्रकारहरुलाई मन्त्री अरुप विश्वासले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरिने बताए। मुख्यमन्त्रीले क्षतिग्रस्त कालेबुङका लागि २४ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। तर, केन्द्र सरकारले कालेबुङलाई सहयोग नगरेकोमा उनले आक्रोश व्यक्त गरे। यस क्रममा उनले केन्द्रिय राज्यमन्त्री कोलकाता आएको प्रसंगमा कटाक्ष गर्दै भने, जब हामी दिल्ली गयौँ, केन्द्रिय मन्त्री पछाड़ीको ढोकाबाट भागे आज उनी कतिबेला कलकत्ता आए र कहिले भागे केही थाहा छैन।