सिलगढ़ी। सिक्किममा शोध कार्यको लागि आएका हरिया विश्वविद्यालयको अर्थशास्त्र विभागका विद्यार्थीहरु त्यहाँको विपत्तिमा फसेका थिए। लगातार दुई दिनपछि अवस्था केही सामान्य भएकोले ती विद्यार्थीहरुलाई सिलगढ़ी फर्काइएको थियो। सिलगढ़ीका मेयर गौतम देव र उपमेयर रञ्जन सरकारले शनिबार सिलगढ़ी फर्केका विद्यार्थीहरूसँग भेट गरे भने यस दिन मेयरले विद्यार्थीहरूलाई भेटेर सबै सहयोग गर्ने आश्वासन दिए। यो टोलीमा जम्मा २५ जना विद्यार्थी र दुईजना प्राध्यापक रहेको थियो।

उनीहरु मूलतः सिक्किमको प्रकृतिबारे शोध गर्न आएका थिए। तर मङ्गलबार राति अचानक आएको बाढ़को कारण सिक्किमका जनताको जनजीवन अस्तव्यस्त बनेपछि उनीहरु त्यहीँ अड़किएका थिए। शनिबार सकुशल फर्काइ ल्याइएको विद्यार्थीहरुलाई त्यहाँबाट फिर्ता ल्याइएपछि सिलगढ़ीको कञ्चनजङ्घा युथ होस्टेलमा राख्ने व्यवस्था नगरनिगमले गरेको छ।