अलिपुरद्वार। अलिपुरद्वार क्रेडिट कोपरेटिभ सोसाइटीको करीब ५० करोड़ रुपियाँको वित्तीय भ्रष्टाचार मामलामा शनिबार सीबीआईले शहरव्यापी अभियान चलाए। शनिबार सम्बन्धित कोपरेटिभ सोसाइटीको (सहकारी संस्था) प्रबन्धक तृप्तिकाना चौधरीसहित सूर्यनगर क्षेत्रका केही घरमा सीबीआईले खोजी कार्य चलायो। सीबीआई अधिकारीहरू धेरै टोलीमा विभाजित भएर विभिन्न क्षेत्रमा खोजी अभियान सुरु गरेको थियो। सीबीआईका शीर्ष अधिकारीहरूले सहकारी संस्थाका कर्मचारी र अधिकारीहरूको घरघरमा पुगेर म्याराथन सोधपुछ गरिरहेका छन्। अनुसन्धान टोलीमा महिला सदस्य पनि रहेका छन्। अनुसन्धानकर्ताहरू बिहान करिब ६ बजे डिआरएम कार्यालय नजिकैको क्षेत्रमा गएका थिए भने त्यहाँबाट विभिन्न समूहमा विभाजित भएर सहकारीमा आबद्ध कार्यकर्ताको घर–घरमा खोजी र सोधपुछ गर्न थाले।

यस मामिलामा सीबीआई अधिकारीहरूले पीड़ितहरूसँग पनि कुराकानी गरेका छन्।