रम्फू: मानव उत्थान सेवा समितिले रम्फू स्थित श्री सुयश सत्संग धाम आश्रममा गुरुपूजा पालन गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रम्फू तहसील प्रभारी साध्वी महात्मा ज्ञान बाईजीले जब हामी साँचो मनले गुरुको समीप जान्छौं मनको दुविधा सबै मेटिने गरेको बताइन्। यस संसारमा गुरुहरु धेरै छन तर समयको सद्गुरुलाई यो हाम्रो बाहिराको आँखाले चिन्न र जान्न नसक्ने अवगत गराइन्। तर यसको निम्ति हामीले आत्माज्ञान प्राप्त गर्नु पर्ने उनले सुझाउ दिएकी छन्। आजको पहिलो चरणको कार्यक्रममा पण्डित योगेन्द्र शर्माले पूजा अर्चना साथै हवन गरे। सोही प्रकारले रम्फू तहसील सह प्रभारी महात्मा अवेदा बाईजीले पनि सम्बोधन गरेकी थिइन्।