मुख्यमन्त्रीले लिए उत्तर सिक्किमको प्रभावित क्षेत्रको जायजा

Screenshot_20231007_153443_WhatsApp.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिवार बिहान उत्तर सिक्किमको मंगन निर्वाचन क्षेत्र अन्तर्गत टुङ, नागा र रिल गाउॅंहरूको भ्रमण गरे। दक्षिण ल्होनाक झील फुटेर टिस्टा नदीमा आएको विनाशकारी बाढ़ीपछि यी गाउॅंहरूमा निकै क्षति पुगेको छ।

यहॉं पैह्रोले स्थानीय धेरै मानिसहरूका घर, जमिन र सड़क चर्किएर भयावह स्थिति छ। यहॉंका मानिसहरू घर छोड्न बाध्य बनेका छन्। यस ठाउॅंमा फेरि गाउॅं बसाउन सक्ने स्थिति छैन। गाउॅंका मानिसहरूलाई राहत शिविरहरूमा राखिएका छन्।

मुख्यमन्त्री तामाङले बिहान प्रभावित गाउॅंको निरीक्षण भ्रमण गरे। उनले प्रभावित बनेका स्थानीय मानिसहरूसॅंग पनि अन्तरक्रिया गरे अनि उनीहरूलाई सरकारको तर्फबाट पूरा समर्थन गर्ने आश्वासन दिए।

मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै मुख्यमन्त्रीले यस आपदाको स्थितिसॅंग जुझ्न केन्द्र सरकारबाट भरपूर सहयोग प्राप्त भइरहेको छ भन्दै केन्द्र सरकारप्रति आभार प्रकट गरे। यस आपदामा सिक्किमलाई हजारौं करोड़को क्षति भएको बताए भने उत्तर सिक्किमको चुङथाङ, लाचेन र लाचुङसॅंग अझै पनि सम्पर्क स्थापित हुन नसकेको जानकारी गराए। यस कारण त्यहॉं के-कति क्षयक्षति भएको छ भन्ने स्पष्ट हुन सकेको छैन भनी उनले बताए।

उनले टिस्टा नदीमा आएको जलप्रलयले पुऱ्याएको क्षयक्षतिको आकलन गर्न कमिटी गठन गरिएको र कमिटीले रिपोर्ट बुझाएपछि क्षयक्षतिको बारेमा स्पष्टरूपमा बताउन सकिने बताए। उनले वर्तमानमा सरकारको प्राथमिकता भनेको उत्तर सिक्किमसॅंग सम्पर्क स्थापित गर्नु रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement