‘भारतीय नेपाली भाषा मानकीकरण’ विषयबारेमा कार्यक्रम सम्पन्न

Academy

खरसाङ: ‘भारतीय नेपाली भाषा मानकीकरण’ विषयमाथि साहित्य एकाडेमी नयाँ दिल्ली, गोर्खा जन पुस्तकालय र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त आयोजनमा एक दिवसीय कार्यक्रम सम्पन्न भयोl खरसाङको पार्क लोकेशन स्थित सार्वजनिक भवनमा आयोजना भएको यो कार्यक्रम दुई चरणमा राखिएको थियोl जीवन नामदुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा साहित्य एकाडेमीकी नेपाली भाषा परामर्श समितिकी सदस्य आशा लामा मुखियाले स्वागत भाषण राखिन्l यस सत्रमा गोर्खा जन पुस्तकालयका अध्यक्ष तथा सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’ विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने एक दिवसीय कार्यक्रमबारेमा बीज भाषण डा. जीवन राणाले राखेl

पहिलो चरणको कार्यक्रम जीवन नामदुङको अध्यक्षतामा सम्पन्न भयोl यस पहिलो चरणको कार्यक्रममा दिवाकर प्रधानले ‘भारतीय नेपाली भाषाको शुद्धीकरण प्रकल्प’बारेका आफ्नो वार्ता प्रस्तुत गरेl ‘सिक्किमको सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग विकास परम्परा’बारेमा चक्रपाणी भट्टराईले, ‘नेपाली आख्यानमा लोक शब्दहरूको प्रयोग’ र ‘नवपिढीमा नेपाली भाषाको स्थिति अनि भाषाविदहरूको कर्त्तव्य’बारेमा सपन प्रधानले वार्ता प्रस्तुत गरेl

दोस्रो चरणको कार्यक्रम गोकुल सिन्हाको अध्यक्षतामा सम्पन्न भयोl यसमा योगेश खातीले ‘भारतमा नेपाली भाषामा विकासमा मिसनेरीजहरूको अवदान’, अमीर दर्जीले ‘भारतमा नेपाली कविता र गीतमा प्रयुक्त भाषिक स्वरूप’बारेमा वार्ता प्रतुत गरेl दोस्रो चरणको अन्त्यमा लेखक जी.बी. बल ‘जीवनीकारसिअत भेटवार्ताको कार्यक्रम सम्पन्न भयोl                                               

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement