गान्तोक: टिस्टा नदीको बाढ़ीको चपेटमा परेर मर्नेहरूको संख्या बढ़ेर २७ पुगेको छ। सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले आज बिहान दश बजी जारी गरेको रिपोर्टमा हालसम्म मृतकहरूको संख्या २७ पुगेको बताएको छ।
रिपोर्ट अनुसार, मंगन जिल्लामा अहिलेसम्म ४ जना, गान्तोक जिल्लामा ६ जना र पाकिम जिल्लामा १७ जनाको मृत्यु भएको छ। यस बाढ़ीले नाम्ची जिल्लालाई पनि प्रभावित बनाएको छ, तर यहॉं कसैको मृत्यु भएको छैन। यसैगरी, हराएका मानिसहरूको संख्या १४१ बताइएको छ।