सिक्किममा जनजीवन सामान्य बनाउन केन्द्र अनि राज्य सरकार मिलेर काम गरिरहेको छः अजय कुमार मिश्रा

n54492915216966723666648aa20833a562de0d602a152f305d6f8721405135ced5bc9e2b71cea3017aa071.jpg

गान्तोक: केन्द्रिय गृह मामिला राज्य मन्त्री अजय कुमार मिश्राले सिक्किममा आइपरेको आपदामाथि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृह मन्त्री अमित शाहले गम्भीरताका साथ नजर राखिरहेको जानकारी गराएका छन्।

उनले केन्द्र सरकार र राज्य सरकार मिलेर सिक्किममा मानिसहरूको जीवनलाई सामान्य बनाउन मिलेर काम गरिरहेको बताएका छन्।

केन्द्रिय गृह मामिला राज्य मन्त्री अजय कुमार मिश्रा सिक्किममा टिस्टा नदीको बाढ़ीले पुऱ्याएको क्षयक्षतिको जायजा लिन तीन दिवसीय सिक्किम भ्रमणमा आएका छन्। आफ्नो भ्रमण अवधि मिश्राले राज्यका मुख्यमन्त्री, राज्यपाल र सरकार वरिष्ठ अधिकारीहरूसॅंग समीक्षा बैठक पनि गर्नेछन्।

राजधानी गान्तोकको टाशीलिङ सचिवालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा यस त्रासदीले सिक्किममा मानिसहरूको जीवन अस्तव्यस्त बनाइदिएको केन्द्रिय मन्त्रीले बताए। यस त्रासदीपछि राज्यवासीहरूले सड़क, सञ्चार, बिजुली, पानी, पूर्वाधार, खाद्यान्न आदि जस्ता चुनौतीहरूको सामना गर्नु परिरहेको उनले बताए। यस कारण केन्द्र सरकार र राज्य सरकार मिलेर चॉंडोभन्दा चॉंडो स्थितिलाई सामान्य बनाउन मिलेर काम गरिरहेको उनले बताए।

केन्द्रिय मन्त्री मिश्राले सिक्किममा प्राकृतिक आपदा आएपछि प्रधानमन्त्री र केन्द्रिय गृह मन्त्री लगातार सिक्किम सरकारको सम्पर्कमा रहेर यहॉंको स्थितिमाथि निगरानी राखिरहेको छ भनी बताए। प्रधानमन्त्रीले राज्यको आवश्यकता अनि माग अनुरूप सहयोग गर्ने आश्वासन दिइसकेको उनले अवगत गराए। केन्द्रिय गृह मन्त्रीले पनि राज्यको माग अनुरूप एनडीआरएफको तीन टोली सिक्किम पठाएको र राज्यमा अगावै तैनात रहेको एनडीआरएफको एउटा टीम र एसडीआरएफको टीमहरूसॅंग मिलेर राहत एवं उद्धार कार्यमा जुटिसकेको उनले थप जानकारी गराए।

यस अतिरिक्त, उनले भारत सरकारका अधिकारीहरूको एउटा उच्चस्तरीय कमिटी गठन गरिएको बताए जसले क्षयक्षतिको बारेमा आकलन गरेर रिपोर्टु सुम्पिने काम गर्नेछ। यस कमिटीमा गृह, कृषि, सडक, जल शक्ति, बिजुली र वित्ता मन्त्रालय सामेल रहेको बताउॅंदै प्रधानमन्त्रीले कमिटीको रिपोर्ट बमोजिम सिक्किमलाई तत्काल धन राशि आवण्टन गर्न निर्देश दिएको उनले बताए।

केन्द्रिय मन्त्रीले कुन क्षेत्रमा पहिला काम गर्नु पर्ने हो, त्यस क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम भइरहेको अवगत गराए। उनले हामी चॉंड़ै यो चुनौतीबाट बाहिर आउने छौ र स्थिति सामान्य बनाउन सफल बन्ने छौ भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement