गान्तोक: सिङताम खाम्दोङ निर्वाचन क्षेत्रका विधायक, महकुमा अधिकारी रबिन सेवा खण्ड विकास अधिकारी लगायत अन्यले आज पैह्रौग्रस्त क्षेत्रको निरीक्षण गरे। निरीक्षणको क्रममा मन्त्रीले पैह्रो प्रभावित परिवारलाई राहत राशि पनि प्रदान गरे। आज बिहान गएको पैह्रौको कारण पाँच वटा घरलाई क्षति पुऱ्याएको छ भने यसरी नै दुई वटा वाहन समेतलाई क्षति तुल्याएको छ। उक्त वाहनका मालिक भरत राई र कमल कुमारी राई हुन्। उनीहरूको एउटा अल्टो र अर्को सेन्ट्रो वाहन पैह्रौको चपेटमा परेर क्षतिग्रस्त भएको छ। यसरी नै सिङताम र खाम्दोङलाई जोडने पुल पनि बगाएपछि यी दुईवटा स्थान सम्पर्क विहिन बनेको छ।