तृणमूल सांसद महुआ मोइत्राले केन्द्रिय मन्त्रीमाथि लगाइन् झूट बोलेको आरोप

Mahua-Moitra-1024x680.webp

काेलकाता: तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले केन्द्रिय मन्त्री साध्वी निरंजन ज्योतिमाथि तृणमूल प्रतिनिधिमण्डलसॅंग मीटिङ शेड्यूलको बारेमा झूट बोलेको आरोप लगाएकी छन्।

उनले केन्द्र सरकार विरूद्ध पार्टीको विरोध प्रदर्शन जारी रहनेछ भन्दै भनिन्, बिना अपोइन्टमेन्ट कृषि भवनभित्र प्रवेश गर्नु सम्भव थिएन। हामी ४० जना थियौं। हामीले प्रतीक्षा गऱ्यौं, तर उनले भेट्न मानेनन्।

तृणमूलले पश्चिम बंगालमा मनरेगाको बकाया केन्द्रले कथित रूपमा रोकेको आरोप लगाउॅंदै विरोध प्रदर्शन गरिरहेको छ। यसै हप्ता मंगलवार र बुधवार दिल्लीमा जन्तर मन्तरमा प्रदर्शनपछि अभिषेक ब्यानर्जीको नेतृत्वमा बिहिवार सॉंझ कोलकाताको राजभवन छेउ अनिश्चितकालीन धरना शुरू गरिएको छ।

यस अघि दिल्लीमा बुधवार केन्द्रिय ग्रामीण एवं पंचायति राज मन्त्रालयकी राज्य मन्त्री निरंजन ज्योतिसॅंग भेट गर्न तृणमूल कांग्रेसको प्रतिनिधिमण्डल पुगेको थियो, तर भेट भएको थिएन। पछि, मन्त्रालयले एक बयानमा केवल पॉंच जनालाई अपोइन्टमेन्ट दिएको, तर ४० जना आएको अनि बैठकको समयमा पनि नआएको बताएको थियो।

About Author

Advertisement