मुख्यमन्त्री प्रेम सिंह तामाङले गरे रम्फू र सिङतामको निरीक्षण

IMG-20231006-WA0243.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज बाढ प्रभावित स्थल रम्फू,सिङतामको भ्रमण गर्दै उनीहरूको निम्ति राहत सामग्री साथै कामको प्रगतिबारे जायजा लिए। यसका साथै उनले टिस्टा नदीले पुऱ्याएको क्षतिबारे पनि आंकलन गरे।. सोही प्रकारले मुख्यमन्त्रीले सिङताम उच्चत्तर माध्यमिक विद्यालयमा स्थापना गरिएको राहत शिविरमा आश्रित पीढित पारिवारसँग कुरा गर्दै राज्य सरकारको तर्फबाट पीढित परिवारलाई सबै प्रकारको सहयोग पुऱ्याउने आश्वासन दिए। प्रकृतिक प्रकोपको कारण विस्थापित बनेका परिवारको चुनौतीलाई कम गर्न राज्य सरकारले हर सम्भव प्रयास गरिरहेको बताए।

मुख्यमन्त्रीले मृतकका परिवारलाई चार लाख प्रदान गर्ने पनि घोषणा गरे। मुख्यमन्त्रीले उक्त क्षेत्रका राहत शिविरमा आश्रय लिइरहेका सबैलाई तत्काल दुई हजार रुपियाँ राहत दिने घोषणा पनि गरेका छन्। मुख्यमन्त्रीले राज्य सरकारको रणनीति – उद्धार, विस्थापित, पुनर्स्थापना, बालबालिका, महिला र ज्येष्ठ नागरिकलाई विस्थापित र पुनःस्थापना कार्यमा उच्च प्राथमिकता दिनु रहेको अवगत गराए।

About Author

Advertisement