अचानक लङ्गडा हुने केन्याको एक विद्यालयमा रहस्यमय रोग

Kenya-School-Girls

केन्या: विश्वभर यस्ता धेरै रोग छन् जसको बारेमा सुन्दा डाक्टर पनि अचम्ममा पर्छन्। विशेष गरी जब कुनै महामारी हुन्छ, यसको बारेमा सही जानकारी संकलन गर्न धेरै गाह्रो हुन्छ। केन्याको एउटा विद्यालयमा यस्तै भएको छ। यहाँ अचानक एकैसाथ कैयौं युवतीसँग अनौठो घटना घट्यो। काकामेगा काउन्टीमा ९५ उच्च माध्यमिक विद्यालयका छात्राहरू तल्लो शरीरबाट पूर्ण रूपमा पक्षाघात भएका थिए। यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। कथित महामारीको जानकारी पाएलगत्तै बालिकाका परिवार चिन्तित बनेका छन्। मिडिया रिपोर्टका अनुसार यी केटीहरूको खुट्टा अचानक सुन्न र चल्न नसक्ने भयो। भाइरल पोष्टलाई प्रयोगकर्ताद्वारा एक्समा सेयर गरिएको छ। क्याप्सनमा यस्तो लेखिएको छ ‘केन्याको सेन्ट थेरेसा अरेगी गर्ल्स हाई स्कूलका धेरै विद्यार्थीहरू अज्ञात रोगको कारण अस्पतालमा भर्ना भएका छन्। रिपोर्ट अनुसार यी अधिकांश केटीहरूको खुट्टामा पक्षाघात भएको छ, उनीहरू हिँड्न असमर्थ छन्। २२ सेकेन्डको भाइरल क्लिपमा केटीहरू लङ्गडा र अचम्ममा हिँडिरहेको देख्न सकिन्छ।

५ अक्टोबरमा सार्वजनिक भएको यो भिडियो देखेर सबै छक्क परेका छन्। यो समाचार तयार पार्दासम्म ८ सयभन्दा बढीले हेरिसकेका छन्। रिपोर्टमा विश्वास गर्ने हो भने यो अज्ञात रोगको कारण बुझ्न युवतीहरुको रगत, पिसाब र दिसाको नमूना संकलन गरिएको हो। यी परिक्षणका लागि पठाइएको छ। तर यसको ठोस कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन। घटनापछि विद्यालयहरू पनि बन्द गरिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement