‘मिशन रानीगञ्ज’मा अक्षय कुमार बने मजदुरहरूको रक्षक

00-Mission-Raniganj

मुम्बई: बलिउड स्टार अक्षय कुमारको प्रतिक्षित फिल्म ‘मिशन रानीगञ्ज– द ग्रेट इण्डियन रेस्क्यू’ आज शुक्रबारठूलो पर्दामा रिलिज भएको छ। अक्षयले फिल्म रिलिजअघि कुनै ठूलो प्रमोशन गरेका छैनन्। तैपनि फिल्ममा तस्वीरको माध्यमबाट देखाइएका विषयवस्तु उत्कृष्ट रहेको फिल्म हेर्ने मानिसहरु बताउँछन्। टिनु सुरेश देसाईले निर्देशन गरेका हुन्। अक्षयको यो फिल्मले एउटा साहसी व्यक्तिको बारेमा बताउँछ। जसको नाम जसवंत सिंह गिल हो। यो फिल्ममा अक्षय मुख्य भूमिकामा देखिएका छन्। यो कथा बंगालको रानीगञ्जमा रहेको कोइला खानीमा काम गर्ने मजदुरहरूको बारेमा बताइएको छ। एक दिन अचानक खानीमा पानी पर्न थाल्छ। त्यसपछि केही बेरमा पानीको बहाव धेरै छिटो हुन्छ। त्यहाँ काम गर्ने मजदुरहरूले यो थाहा पाएपछि बाहिर निस्कने हरसम्भव प्रयास गर्छन्। यो अप्ठ्यारो अवस्थामा आफ्ना परिवारका सदस्यलाई देखेर गाउँले पनि त्रसित हुन थालेका छन्। खनन इन्जिनियर हुनुका साथै जसवंत सिंह अर्थात् अक्षय एक उद्धार प्रशिक्षित अधिकारी पनि हुन्। धेरै प्रयास गर्दा पनि समाधान पाउन नसकेपछि उसले क्याप्सुल बनाउँछ। जसको सहयोगमा मानिसहरुलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ। फिल्ममा अक्षयले आफ्नो ज्यान जोखिममा पारेर ६५ जनाको ज्यान बचाएका छन्। उनको दमदार अभिनयले चलचित्रमा जीवन्तता दिएको छ। यस फिल्ममा अक्षय कुमारका अलावा रवि किशनले पनि उत्कृष्ट काम गरेका छन्। उनले फिल्ममा निकै राम्रो स्क्रिन स्पेस पनि पाएका छन्। उनको भोजपुरी उच्चारण अचम्मको छ र उनले आफ्नो क्यारेक्टरमा धेरै राम्रो काम गरेका छन्। समग्र समीक्षाको कुरा गर्दा यो चलचित्र आजको पुस्ताले हेर्नै पर्ने फिल्म हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *