गान्तोक: राजधानी सदर पुलिसले एक युवकलाई भारी मात्रमा प्रतिवन्धित नशालु पदार्थ सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी उत्तर जिल्लाको चादे निवासी बिकल राईको रूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीबाट पुलिसले कफ सिरप, ट्याबलेट र क्याप्सुल फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपीको मूल घर मंगन जिल्लाको चाँदे रहेको छ भने हाल निमटारमा बस्दै आइरहेका थिए। विश्वासनीय सुत्रले पुलिसलाई आरोपी राईले लिङदिङमा नशालु पदार्थ बिक्री गर्दै आइरहेको सूचना दिएको थियो।

उक्त सूचनाको आधारमा एसआई तिलक छेत्रीको नेतृत्वमा गएको टोलीले आरोपीलाई बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो। यसै क्रममा आज सदर पुलिलले एमडी तसलिम नामक एक युवकलाई नशालु पदार्थ सहित पक्राउ गरेको छ। आरोपीलाई १.३ किलोग्राम गाँजा सहित पक्राउ गरिएको हो। पुलिसले आरोपीलाई हिरासतमा लिएर केरकार गरिरहेको छ।